Logo

ग्राण्ड खरिद रोकिएपछि यसरी अघि बढ्दैछ प्रभु

ग्राण्ड खरिद रोकिएपछि यसरी अघि बढ्दैछ प्रभु


रामराजा श्रेष्ठ
0
Shares

अन्तिम समयमा आएर नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ग्राण्ड बैंक खरिद गर्न रोक लगाएपछि मर्जर प्रक्रिया अघि बढाएको छ । कात्तिकको दोस्रो साताभित्र विशेष साधारण सभा बोलाएर ग्राण्डसँग मर्जरमा जानका लागि प्रक्रिया शुरु गरिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत असोक शेरचनले बिजखबरलाई बताए । ‘हाल राष्ट्र बैंकले मर्जरमा जानका लागि लेटर अफ इन्टेण्ट (एलओआई) दिइसकेको छ,’ उनले भने, ‘मर्जरमा जानका लागि पनि धेरै समय लाग्दैन ।’

उनका अनुसार राष्ट्र बैंकले एक्विजिसनलाई सहमति नदिएपनि बैंकको पुँजी बृद्धि योजनामा कुनै असर पर्दैन । ‘मर्जर वा एक्विजिसन जसरी आएपछि ग्राण्डबाट प्रभुमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी थपिने हो,’ उनले भने । तर, मर्जर प्रक्रियामा जाँदा केही समय लाग्ने छ । हाल डीडीएको काम भइरहेको  बैंकले जानकारी दिएको छ ।

मर्जरमा जाँदा पनि सेयर स्वाप रेसियो अहिले कै कायम हुने छ । यस्तै, बोर्ड संचालक, बैंकको नाम, व्यवस्थापन लगायतका कुराहरु पूर्व सम्झौता अनुसार नै हुने शेरचनले जानकारी दिए । ‘एक्विजिसन विनियमावली अनुसार जाँदा सेयर स्वाप रेसियोमा सामान्य मेल नखाएकाले मर्जरमा जान लागेका हौं,’ उलने भने, ‘मर्जरमा जाँदा यसैलाई कामय गर्न सकिन्छ ।’ एक्विजिसनमा जादाँ सेयर स्वाप रेसियो प्रभुको १ सय २१ रुपैयाँ थियो भने ग्राण्डको ६५ रुपैयाँ रहेको थियो । यस्तै, सर्वसाधारण सेयर धनीले पाउने सेवा सुविधा पनि पहिलाकै अनुसार हुनेछ ।

बैंकले मर्जर, एक्विजिसन र हकप्रद सेयर जारी गरेर ८ अर्व रुपैयाँ रुपैयाँ पुँजी पुर्याउने गरी राष्ट्र बैंकमा योजना पेश गरेको छ । जसमध्ये ग्राण्ड बैंक मर्जरबाट २ अर्व रुपैयाँ चुक्ता पुँजी थपिने छ भने नेपाल विकास बैंक खरिद गरि ३ करोड रुपैयाँ थप्ने । बाँकी पुँजी हकप्रद सेयर जारी गरेर थप्ने योजना बनाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोड ८८ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकले सवैभन्दा बढी लगानी जलविद्युत् क्षेत्रमा गरेको छ । आफ्नो नेतृत्वमा साना ठूला गरी झण्डै २० भन्दा आयोजनामा लगानी गरिएको सीईओ शेरचन बताउँछन् । यसैगरी, स्टिल उद्योग, पोल्र्टी, कृषि तथा मेडिकल कलेजमा पनि लगानी गरेको छ । बैंकले उत्पादनमुलक उद्योगमा पनि सोही अनुरुप लगानी गरेको छ । आफ्ना लगानी सुरक्षित क्षेत्रमा भएकाले पनि दिर्घकालमा बैंकले राम्रो गति लिने उनको भनाइ छ । तर, बैंशाख १२ गते आएको शक्तिशाली भुकम्प तथा देशमा भइरहेको राजनीतिक संक्रमणले गर्दा अहिलेको अवस्थामा भने असर गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL