Logo

त्रिभुवन विमानस्थलमा मल्टि-स्टोरी कार पार्किङ, जनवरीदेखि सञ्चालन गरिने

त्रिभुवन विमानस्थलमा मल्टि-स्टोरी कार पार्किङ, जनवरीदेखि सञ्चालन गरिने


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

२३ भदौ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय स्तरको मल्टि- स्टोरे कार पार्किङ आगामी जनवरी देखि सञ्चालनमा आउने भएको छ । पार्किङ विमानस्थल छिर्ने गोल्डेनगेटको साइडको खाली ठाँउमा निर्माणाधिन अवस्थामा रहेको विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

हाल सो पार्किङ निर्माणको आधाभन्दा बढी काम सकिसकेको उनले जानकारी दिए । उनका अनुसार निर्माणको काम सकिएलगतै सञ्चालनमा ल्याइने छ ।

‘पार्किङ आगामी जनवरी फष्टदेखि सञ्चालनमा ल्याउने तयारीमा छौं’उनले भने । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागेको महानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अराइभलबाट सिधै कार पार्किङमा जान मिल्ने भएकोले विमानस्थलको अगाडी हुने भिडभाड कम हुने तथा व्यवस्थित हुन्छ ।

अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन् । सो पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने उनले जानकारी दिए ।

सो पार्किङ बनाउने जिम्मा रसुवा केडी भेन्चरले लिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुरुप ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ । तर कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र रोयलटी भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ ।

पार्किङ दुई तलाको हुने छ । त्यस्तै पार्किङको वरिपरी रेष्टुरेन्ट पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । ती रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने श्रेष्ठको दावी छ । त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । जसले गर्दा विदेशबाट आएकाहरुले त्यहाँ किनमेल गरेर सिधै घर जान सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL