Logo

कोरोना कहर : मृत्यु हुनेको संख्या १ लाख २६ हजार भन्दा धेरै, संक्रमितको संख्या २० लाख (अपडेट)

कोरोना कहर : मृत्यु हुनेको संख्या १ लाख २६ हजार भन्दा धेरै, संक्रमितको संख्या २० लाख (अपडेट)



काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण विश्वभर १ लाख २६ हजार ६०४ जनाको ज्यान गएको छ भने १९ लाख ९८ हजार १११ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ७८ हजार ६५९ जना उपचार पछि निको भएका छन् ।

laxmi

त्यस्तै विश्वमा ५१ हजार ६०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अमेरिकामा २६ हजार ४७ जनाको ज्यान गएको छ भने ६लाख १३ हजार ८८६जनालाई संक्रमण भएको छ ।त्यस्तै स्पेनमा १ लाख ७४ हजार ६० जनालाई संक्रमण भएको छ भने १८ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६२ हजार ४८८ जनालाई संक्रमण भएको छ ।त्यस्तै फ्रान्समा १ लाख ४३ हजार ३०३ जनालाई संक्रमण भएको छ भने १५ हजार ७२९ जनाको ज्यान गएको छ । त्यस्तै जर्मनीमा ३ हजार ४९५ जनाले महामारीका कारण ज्यान गुमाएक छन् भने १ लाख ३२ हजार २१० जनालाई संक्रमण भएको छ ।

बेलायतमा अहिलेसम्म १२ हजार १०७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ८७३ जनालाई संक्रमण भएको छ । त्यस्तै चीनमा आज थप एक जनाको ज्यान गएको छ ।चीनमा अहिलेसम्म् ३ हजार ३४२ जनाले ज्यान गुमाएका छन् ।

आजमात्रै चीनमा थप ४६ नयाँ संक्रमित फेला परेका छन् । यो सहित चीनमा जम्मा संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ ।त्यस्तै ईरानमा ४ हजार ६८३ जनाले ज्यान गुमाएका छन् भने ७४ हजार ८७७ जनालाई कोरोनाको संक्रमण भएको छ ।

टर्कीमा अहिलेसम्म १ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने ६५ हजार १११ जनालाई संक्रमण भएको छ ।त्यस्तै बेल्जियममा अहिलेसम्म ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ३१ हजार ११९ पुगेको छ । त्यस्तै नेदरल्याण्ड्समा २७ हजार ४१९ जनालाई संक्रमण भएको छ भने २ हजार ९४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म ९०३ जनाले ज्यान गुमाएका छन् भने २७ हजार ६३ जनालाई संक्रमण भएको छ ।त्यस्तै स्विट्जरल्याण्डमा २५ हजार ९३६ जनालाई संक्रमण भएको छ भने १ हजार १७४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म महामारीका कारण १ हजार ५३२ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ २५ हजार २६२ जनालाई संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL