Logo

पदयात्राका लागि सगरमाथा क्षेत्र खतरामुक्त ,८३ प्रतिशत भवन सुरक्षित

पदयात्राका लागि सगरमाथा क्षेत्र खतरामुक्त ,८३ प्रतिशत भवन सुरक्षित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ साउन,काठमाडौं । पर्यटकीय दृष्टिकोणले सगरमाथा क्षेत्र सुरषित भएको प्रतिवेदन सार्वनजिक भएको छ ।

शुक्रवार सार्वजनिक एक प्रतिवेदनले यस्तो देखाएको हो । सरगमाथा क्षेत्रका १५ ओटा गाउँको भौगोलिक अवस्था, होटल सडक तथा रेष्टुरेण्टको अध्यायनका आधारमा उक्त प्रतिवेदन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरिएको होे ।

मियामितो अन्तरराष्ट्रिय संस्थाका संरचनागत इन्जिनियर तथा विषेशज्ञहरुको टोलीले गरेको शुक्ष्म अवलोकन तथा अनुसन्धानका आधारमा उक्त प्रतिवेदन तयार गरिएको बताइएको छ । सगरमाथा क्षेत्रका ७ सय १० घर ,रेष्टुरेण्ट तथा भवनहरुको अध्ययन गरिएकोमा १७ प्रतिशत भवनहरु मात्रै भूकम्पले क्षति पु¥याएको प्रतिवेदनले देखाएको छ । अन्य ८३ प्रतिशत भवनहरु सुरक्षित रहेको छन् ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा पर्यटन तथा उड्यायन मन्त्री कृपाशुर शेर्पाले भूकम्पले हिमाली क्षेत्र असुरक्षित नभएको जानकारी दिए । साथै भूकम्पपछि हिमाली क्षेत्र असुरक्षित छ भनि गरिएको प्रचारलाई यो प्रतिवेदनले गलत सावित गरिदिएको उनको भनाइ थियो ।

भूकम्पपछि आएको पहिरोले हिमाली क्षेत्रका विभिन्न ट्रेकिङ रुटहरुमा केही क्षति पुगेपनि ती रुटहरुमा चाँढै वैकल्पिक व्यावस्था गरिने कार्यक्रममा जानकारी दिइयो ।

साथै क्षति पुगेका टे«किङ रुटहरुमा सूचना टाँसेर जानकारी दिने पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए । हामी भदौ महिना सम्ममा क्षती पुगेका रुटहरुमा सूचना टाँस्ने छौं ’ उनले भने । त्यस्तै सगरमाथा क्षेत्रमा ट्रेकिङ गर्न चाहने पर्यटकले तालीम प्राप्त गाइडहरुलाई मात्र जान सुझाव दिए । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन निजी क्षेत्र तथा स्थानीय जनताको सहकार्यमा यसको पुनः निर्माण गर्ने बताए ।
‘भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई माथी उकास्नका लागि हामी आतुर छौ, सरकारका तर्फबाट हरसम्भव प्रयत्न गरिने छ,’ उनले भने । प्रतिवेदनले भूकम्प र पछिका पराकम्पन तथा पहिरोले सगरमाथाको माथिल्लो क्षेत्रभन्दा नाम्चे बजार मुनीको क्षेत्रमा धेरै क्षति पु¥याएको देखाएको छ । साथै क्षति पुगेका ट्रेकिङ रुटहरुमा वैकल्पिक रुटको प्रयोग गर्न सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL