Logo

१ बर्षभित्र रणनीतिक साझेदार भित्र्याउदै टेलिकम

१ बर्षभित्र रणनीतिक साझेदार भित्र्याउदै टेलिकम


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

३० चैत,काठमाडौ । नेपाल टेलिकमले आगामी १ बर्ष भित्र रणनीतिक साझेदार भित्र्याउने भएको छ । रणनितीक साझेदार छनोटका लागि परामर्शदाता नियुक्त गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘टेलिकमले रणनीतिक साझेदार भित्र्याउनका लागि आफ्नोतर्फबाट गृहकार्य गरिरहेको छ’ उनले भने ‘अव परामर्शदाताले काम शुरु गरेपछी राण्नितीक साझेदार छनौट गर्ने छौं ।’

कम्पनीलाई अझ बढी प्रतिष्पर्धी तथा सेवामुलक बनाउन साझेदार भित्र्याउन लागिएको समेत उनले जानकारी दिए । केही समयभित्रै परामर्शदातासँग सम्झौता गरेर १ बर्षभित्रै आफ्नो सम्पूर्ण प्रतिबेदन बुझाएर साझेदार भित्र्याउने बताइएको छ । परामर्शदाताले रिपार्ट बुझाएसँगै काम पुरा गरेपछी छनोटको लागि प्रक्रिया सुरु गरिने समेत टेलिकमले बताएको छ ।

परामर्शदाताले कम्पनीको विस्तृत अध्ययन (डिउ डेलिजेन्स अडिट) गर्ने छ । सो अध्ययनबाट कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हेरेर सेयर मूल्य निकाल्ने गरिन्छ । कम्पनीको विस्तृत अध्ययनपछि साझेदार भित्र्याउनका लागि टेन्डर आह्वान गरिने छ । दुवै काम परामर्शदाताको जिम्मा लगाउने तयारी छ ।

टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषय नेपालसरकारसँग सम्वन्धित भएकोले केही समय लागेको आचार्यले बताए । ‘सरकारले आफ्नो सेयर अन्य साझेदारलाई हस्तान्तरण गर्ने हो,’ उनले भने ‘त्यसका लागि उपयुक्त साझेदार छनोटमा समय त लागिहाल्छ नी ।’

रणनीतिक साझेदारका लागि विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले चासो देखाएको उनले बताए । ‘अनौपचारिक रुपमा त अहिले पनि धेरै कम्पनी आएका छन् ’, आचार्यले भने, ‘औपचारिक रुपमा टेन्डर आवह्वान गरेर मात्र साझेदार भित्र्याउछौं । ’
करीव ३ बर्षअघि सरकारले नेपाल टेलिकमलाई रणनीतिक साझेदार भित्र्र्याउन सैद्धान्तिक स्वीकृति दिएको थियो । सुरुमा सूचना तथा सञ्चार मन्त्रालयले यस्तो प्रस्ताव गरेको थियो । टेलिकम मुलुकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी हो । निजी क्षेत्रका कम्पनीसँग प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न साझेदार भित्र्र्याउने तयारी गरिएको हो ।

९१ दशमलव ५ प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको टेलिकम नेपाली दूरसञ्चार बजारको ठूलो कम्पनी हो । पछिल्लो समय सरकारबाट दूरसञ्चार सेवाको एकीकृत लाइसेन्स पाउने कम्पनी थपिएपछि टेलिकमको प्रतिस्पर्धा थप बढकोले रणनीतिक साझेदार भित्र्याउने तयारी गरिएको हो । सरकारले करीब २ बर्ष अघि गरेको छुट्टाछुट्टै चार अध्ययनले नेपाल टेलिकमलाई प्रतिस्पर्धात्मक बनाउन र बजारमा टिकाउन रणनीतिक साझेदार आवश्यक रहेको देखाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL