Logo

एनटीसीको पोष्टपेडबाट प्रिपेडमा ब्यालेन्स ट्रान्सफर गर्न मिल्ने

एनटीसीको पोष्टपेडबाट प्रिपेडमा ब्यालेन्स ट्रान्सफर गर्न मिल्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ फागुन, काठमाडौं । अव नेपाल टेलिकमको पोष्टपेडबाट प्रिपेडमा व्यालेन्स ट्रान्फर गर्न मिल्ने भएको छ । केही समय भित्रै ‘इन्टिग्रेटेड एकाउण्ट’ बनाएर आफु मातहतका सवै टेलिफोन सेवामा एउटै खाताबाट विल तिर्न मिल्ने व्यवस्था लागू गर्न लागिएको टेलिकमले जानकारी दिएको छ । जस अनुसार उक्त एकाउण्मा भएको पैसाबाट ग्राहकले टेलिकमको जुनसुकै सेवामा पनि प्रयोग गर्न सक्नेछन् ।

हाल सो सेवा सञ्चालनका लागि अन्तिम तयारी भइरहेको र चालू आर्थिक वर्ष भित्रै कार्यान्वयनमा ल्याइने टेलिकमले जानकारी दिएको छ । उक्त सेवा कार्यान्वयमा आएसँगै टेलिकमको पीएसटीएन, डब्लूएलएल, जीएसएम, तथा सीडीएमएमा एउटै खाताबाट विल भुक्तानी गर्न सकिनेछ ।

कम्पनीको मुख्य उद्देश्य नै सेवा विस्तार र गुणस्तरियता रहेको जानकारी दिँदै आगामी दिनमा थप नयाँ सेवा तथा सुविधा ल्याइने नेपाल टेलिकममा महाप्रवन्धक बुद्धिप्रसाद आचार्यले बताए । ‘टेलिकम सेवा विस्तार गुणस्तर सुधारलाई उच्च प्राथमिकता दिएर अघि बढेको छ,’ टेलिकमको मोवाइल एप सार्वजनिक कार्यक्रममा उनले भने, ‘केही समयभित्रै ग्राहक माझ थुप्रै नयाँ सेवा तथा सुविधा ल्याउने छौं ।’
एकिकृत एकाउण्ट सिस्टम सञ्चालनमा ल्याएपछि ग्राहकहरु टेलिकम अन्तरगतका विभिन्न मोवाइल तथा ल्याण्डलाईनमा छुट्टाछुट्टै विल तिुर्नपर्ने झण्झटबाट मुक्त हुने आचार्यको भनाइ थियो । हालसम्म कुनै पनि दूरसंचार सेवा प्रदायकले एउटाबाट अर्को सेवामा व्यालेन्स ट्रान्फर गर्न मिल्ने सुविधा ल्याएको छैन ।

कम्पनीले ग्राहक लक्षित गरी धेरै सेवा तथा सुविधा ल्याउन लागेपनि विभिन्न खालका सरकारी ऐननियम पालना गर्नुपर्ने भएकाले केही समय लाग्ने आचार्यको भनाइ छ । ‘टेलिकममा सरकारी लगानी रहेकाले कुनै निजी कम्पनीले जसरी कुनै पनि सेवा तथा सुविधा आफुखुशी ल्याउन सकिँदैन,’ उनले भने, ‘त्यसका लागि सरकारी एनेनियमको परिधि भित्र रहेर काम गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।’

एनटीसीको एप सार्वजनिक

नेपाल टेलिकमले मोवाइ एप सार्वजनिक गरेको छ । टेलिकमले आफ्नै कार्यलयमा एक कार्यक्रम गरी उक्त एप सार्वजनिक गरेको हो ।

उक्त एपलाई गुगल प्ले स्टोर, एप्पल एप स्टोर र विण्डोज फोनबाट पनि चलाउन सकिने छ ।

एपबाट जीएसएम तथा सीडीएमए फोनको रिचार्ज गर्न मिल्नुका साथै व्यालेन्स ट्रान्फर तथा व्यालेसन्स थाहापाउन समेत सकिनेछ । यसैगरी, रिचार्ज कार्डको माध्यमबाट पीएसटीएन, एडीएसएल तथा जीएसएम पोष्टपेडको रिचार्ज समेत गर्न मिल्नेछ ।

टेलिकमले सार्वजनिक गरेको एप मार्फत आफ्ना गुनासाहरु पनि राख्न सकिनेछ । सो एपको सहायताबाट सामान्य जानकारीका लागि १९७, जीएसएमका लागि १४९८, सीडीएमएका लागि १९१ र पीएसटीएन तथा एडीएसएलका लागि १९८ मार्फत कम्प्लेन गर्न तथा जानकारी लिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL