Logo

मद्रास प्रिन्टर्सले पठायो स्मार्टकार्ड, नयाँ वर्षको शुरुवातसँगै कार्यान्वयनमा आउने

मद्रास प्रिन्टर्सले पठायो स्मार्टकार्ड, नयाँ वर्षको शुरुवातसँगै कार्यान्वयनमा आउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ फागुन काठमाडौं । सरकारले २०७२ सालको शुरुवातसँगै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई ‘स्मार्ट कार्ड’ मा परिणत गर्ने भएको छ । हाल स्मार्ट कार्ड छाप्ने जिम्मा पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपाललाई उक्त कार्ड पठाइसकेकाले तुरुन्त कार्यन्यनमा ल्याइने यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुद बुर्लाकोटीले बिजखबरलाई बताए । ‘भर्खरै मात्र मद्रार्स सेक्युरिटी प्रिन्टर्सले हामीलाई स्मार्ट कार्ड पठाएको जानकारी दिएको छ,’ उनले भने, ‘आगामी हप्ताभित्र सो कार्ड विभागमा आइपुग्ने छ ।’

विभागले लाइसेन्स र सवारीधनी पूर्जा (व्लूबुक)लाई स्मार्टकार्डमा परिवर्तन गर्ने बताएको छ । तर, पहिलो चरणमा लाइसेन्सलाई मात्र स्मार्ट कार्डमा परिवर्तन गरिने बुर्लाकोटीले जानकारी दिए । ‘विभागले चैत्रबाट स्मार्टकार्डको परिक्षण शुरु गर्नेछ,’ उनले भने, ‘नयाँ वर्षको शुरुवातसँगै कार्यान्वयनमा ल्याउने छौं ।’

बुर्लाकोटीका अनुसार पहिलो चरमा १ लाख ६० हजार थान लाइसेन्सलाई स्मार्टकार्डमा परिवर्तन गरिनेछ । सुरुवातमा नयाँ लाइसेन्स लिन आउने तथा प्रतिलिपि लिन आउनेका लागि स्मार्ट कार्ड प्रयोगमा ल्याइने छ ।
मद्रार्स प्रिन्र्टलाई स्मार्ट कार्ड बनाउनका लागि विभागले १५ लाख अमेरिकी डलर दिएको थियो । सोमध्येबाट मद्रासले स्मार्ट कार्डका आवश्यक हार्डडिक्स र सफ्टवेयर दुवै प्रदान गर्ने छ । साथै, सो कम्पनीले स्मार्टको कार्डको १५ महिनासम्मको सुरक्षा तथा प्राविधिक दुवै कुराको ग्यारेण्टी लिने बुर्लाकोटीले जानकारी दिए । सो कार्यका लागि सरकारलाई एसियाली विकास बैंक (एडीबी) को सूचना सञ्चार प्रविधि –आईसीटी) अन्तर्गतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर अनुदान प्राप्त भएको थियो ।

मौजुदा लाइसेन्सलाई स्मार्टकार्डमा परिवर्तन गरेसँगै नक्कली सवारी चालक अनुमतिपत्र बनाउने क्रम रोकिने विभागले जानकारी दिएको छ । ‘हाल स्मार्ट कार्ड नहुँदा दलालहरुले नक्कली सवारीचालक अनुमतीपत्र बनाउँदै आएका छन्,’ उनले भने, ‘सो कार्यान्वयनमा आएपछि कसैले पनि सवारीचालक अनुमतिपत्रको नक्कली बनाउन सक्नेछैनन् ।’

हाल विभागले कार्यान्वयनमा ल्याउन लागेको स्मार्ट कार्ड एटीएम जस्तै हुनेछ । जसमा चालकको परिचयपत्र, सवारी नम्बर तथा चालकका सम्पूर्ण जानकारी हुनेछ । उक्त स्मार्टकाडमा भएको चिप्सको सहायताबाट कुनै पनि सवारीचालकको सम्पूर्ण जानकारी तत्कालै लिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL