Logo

प्रतिव्यारेल १० डलरसम्म झर्दैछ कच्चा तेल

प्रतिव्यारेल १० डलरसम्म झर्दैछ कच्चा तेल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ फागुन, काठमाडौं । गत बर्ष १ सय ७ डलरको उच्चतम मुल्य तोकिएको कच्चा तेल अमेरिका र ओपेक सदस्य साउदी अरबबीचको नयाँ समिकरणसँगै निरन्तर ओरालो लाग्दै आएको छ । यससँगै कच्चा तेलको मूल्य अप्रत्यासित न्युनतम तहमा झर्ने अनुमान समेत शुरू भएको छ ।

प्रारम्भिक अनुमान भन्छ, अब कच्चा तेलको मुल्य प्रतिब्यारेल १० डलरमा झर्दैछ । प्रतिब्यारेल ५० डलरमा झर्दासमेत अप्रत्यासित मानिएको कच्चा तेलको मुल्य अव १० डलरमा झर्ने अनुमानसँगै तेल राजनीतिले सारा विश्वको ध्यानाकर्षण गरेको छ ।

कच्चा तेलको मूल्य घट्दै जानुको पछाडी सबैले सतही रूपमा विश्लेषण गर्न थालेका छन् कि – अमेरिका यसको प्रमुख खेलाडी हो । कतिपयले अमेरिकाले साउदी अरवलाई प्रयोग गरेर रसियासँगको दुस्मनी फेरेको अनुमान पनि लगाइरहेका छन् ।

अमेरिकारको सवारी ग्यासको माइलेज तथा अन्य संरक्षणको उपायमा बृद्धि हुँदै गएको समयमा विश्वको तेल माग कमजोर हुनु तथा घट्नु स्पष्ट छ । यस्तो अवस्थामा तेलको उत्पादन भने विस्तारै माथि चढेको छ । हाल अमेरिकाको उत्पादन ‘हाइड्रोलिक फ्रयाकीङ र ‘होरिजेन्टल ड्रिलिङ’ बाट बढीरहेको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार अमेरिकारको उत्पादन पछिल्लो १ वर्षमा १५ प्रतिशतले बढेको छ । जहाँ आयातमा भने ४ प्रतिशतले गिरावट आएको छ ।

केही आंकडाहरुले अर्गनाइजेशन अफ पेट्रोलियम एस्पोर्टीङ कन्ट्रीज (ओपेक) को कार्टेलिङ घटेको देखाएको छ । अन्य कार्टेलिङ जस्तै ओपेकले स्थिर तथा कच्चा तेलको मूल्य उच्च गर्न डिजाइन गरेको छ । तर, उच्च मूल्यले कार्टेलिङ सदस्यलाई आफ्नो कोटामा ‘चिटीङ’ गर्न प्रेरित गर्ने सम्भावना बढेको छ । कार्टेलिङका लागि यसका प्रमुखले साउदी अरबलाई आफ्नो उत्पादनलाई कम गरी मूल्य समायोजन गर्नुपर्ने बताइएको छ । तर, साउदीले पछिल्लो समय कटौती गर्दा सेयर बजार घटेको देखिएको छ ।

त्यसैले ठुला वित्तीय स्रोत भएका अन्य पेरिसियन खाडी तेल उत्पादक र फाइनान्सियल स्रोतद्धारा समर्थित साउदी अरव र अन्य कुवेत, कतार र संयुक्त अरब इमिरेट्सको यी चिटरहरुसँग ‘चिकनको एक खेल’ शुरु भएको छ । ओपेकले गत नोभेम्वरमा एउटा चट्टान बन्द हुँदैमा उत्पादन बन्द गर्न नहुने वक्तव्य समेत जारी गरेको थियो ।

साउदीलगायत मुलुकहरुले तेलमा न्युन मूल्य लागु गरेपनि पनि त्यसको सामना गर्न सक्ने बताएका छन् । यता भेनेज्वेयलालाई भने आफ्नो अव्यवस्थित अर्थतन्त्रको व्यवस्थापनका लागि तेलको मुल्य प्रति व्यारेल १ सय २५ डलरभन्दा कम हुनु आवश्यक छ । अल्जेरिया, नाइजेरिया, इराक, इरान तथा एन्जोलाको हकमा पनि यो लागु हुन्छ ।

त्यस्तै साउदी अरवलाई आफ्नो बजेट सन्तुलन राख्न कच्चा तेलको मुल्य प्रति व्यारल ९० डलरभन्दा बढी हुनु आवश्यक छ । तर, अहिले साउदीसँग ७ सय २६ अर्व विदेशी मुद्रा सञ्चिती छ । जसले गर्दा कच्चा तेलको मूल्य प्रतिव्यारेल ४० डलरभन्दा कम भए पनि उलने २ बर्ष थेग्न सक्ने दावी गरेको छ ।

यसबाहेक डेनियल यरगिन अफ इनर्जी कन्सल्ट्यान्ट आइएचएस क्यामव्रीज इनर्जी रिसर्च एसोसिएटले अमेरिकी ‘शेल तेल’ उत्पादन बढ्ने अनुमान गरेको छ । पछिल्लो महिना उड म्याकेन्जाई इनर्जी रिसर्च अर्गनाइजेशनले विश्वभर २ हजार २ सय २२ तेल क्षेत्र रहेको पत्ता लगाएको थियो । अर्गनाइजेशनको सो विश्वव्यापी सर्वेक्षणले ४० डलर प्रति व्यारेलमा १ दशमलव ६ प्रतिशत नकारात्मक नगद प्रवाह हुने देखाएको छ ।

त्यसले त्यहा धेरै तेल ४० डलरमा ‘चिकेनीङ’ नहुने देखाएको छ । अमेरिकाको टेक्सासको परमेन बेसिनका ‘दयालु तेल’ उत्पादकका लागि मार्जिनल लागत १० देखि २० डलर प्रतिव्यारेल पर्छ भने पेरिसियन खाडी मुलुकमा हुने उत्पादन पनि उस्तै हो । यता भेनेजुयला जस्ता आर्थिक संकटमा गुज्रिरहको मुलुकहरुलाई तेल निर्यात गरेर रेभिनयु कलेक्सन गर्नु आवश्यक छ । जसले विदेशी ऋण र फण्ड आयात गर्न सकिन्छ । यद्यपी तिनीहरुले डलर कमाउन कम मूल्यमा धेरै तेल उत्पादन गर्नुपर्ने देखिन्छ । सो तेल निर्यात गरी डलर आर्जन गर्न सकिन्छ जुन मूल्य तथा तेल व्यापारमा प्रयोग गर्थे ।

आगामी केही बर्षभित्र नयाँ आविष्कारका साथ मध्यपूर्वी भागको केही क्षेत्रमा तेल उत्पादनमा बृद्धि हुनेमा कुनै शंका छैन । अमेरिकाको कच्चा तेल उत्पादनमा प्रतिदिन ३ लाख व्यारेल बढ्ने प्रक्षेपण गरिएको छ । जुन हाल ९१ हजार छ । इरानले कुर्दसँग ५ लाख ५ हजार व्यारेल तेल प्रतिदिन बजारमा प्रवेश गराउने सम्झौता गरिसकेको बताइएको छ ।

जव आपूर्ति बढ्छ माग कमजोर हुँदै जान्छ । ओपेकले २०१७ मा १४ बर्षको न्यून २८ दशमलव २ मिलियन व्यारेल तेल प्रतिदिन उत्पादन हुने अनुमान गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL