Logo

धनी मान्छे किन पेण्टिङमा खर्च गर्छन् ?, ४५ अर्बमा बिक्रि भयो यस्तो पेण्टिङ

धनी मान्छे किन पेण्टिङमा खर्च गर्छन् ?, ४५ अर्बमा बिक्रि भयो यस्तो पेण्टिङ


बिजखबर संवाददाता
0
Shares

लिओनार्दो दा भिञ्चीले ६ सय बर्षअघि बनाएको ‘साल्भाटर मुण्डी’ नामको पेण्टिङ हालै ४५ अर्ब रुपैयाँभन्दा बढीमा बिक्रि भयो ।

बोलकबोल मार्फत सबैभन्दा महङ्गोमा बिक्रि भएको पेण्टिङको इतिहास पनि यसले रच्यो ।

जिसस क्राइस्टले क्रिस्टल समाएको पोस्टर आकारको एउटा पेण्टिङको मूलय कसरी यति धेरै हुन सक्छ ? यो तस्वीर फ्रान्सका राजा लुई बाह्रौंले पहिले आफूसँग राखेको र पछि इङ्ग्ल्याण्डका राजा चाल्र्स प्रथमले लिएको मानिन्छ ।

यहिं तस्वीर १८ औं शताब्दिमा हराएको थियो । तर २० औं शताब्दिमा यसको दुरुस्त पेण्टिङ तयार भयो । पछिल्लो समय रसियाका व्यापारी दमित्री रायबोलोभलेभसँग रहेको यो पेण्टिङ उनले चालिस अर्ब रुपैयाँमा बिक्रि गरेका थिए । बाँकी रहेको रकम बोलकबोलसँग सम्बन्धित क्रिस्टिजसँग हुने । यो पेण्टिङका खरिदकर्ताको नाम भने खुलाइएको छैन ।

पछिल्लो समय अधिक पैसामा पेण्टिङ बिक्रि हुने बाढी नै आएको छ । पाब्लो पिकासोले सन् १९५५ मा बनाएको ‘लेस फेमेस डी एल्जर’ पेण्टिङ करिब १८ अर्ब रुपैयाँमा बिक्रि भएको थियोे । एमेडीओ मोडीग्लीआनीले तयार गरेको शताब्दी पुरानो ‘रिसाइक्लीङ नुड’ पेण्टिङ पनि १७ अर्ब रुपैयाँमा बिक्रि भएर इतिहास रचेको थियो ।

पाब्लो पिकासोले तयार गरेको पेण्टिङ जुन् १८ अर्ब रुपैयाँमा बिक्रि भएको थियो

त्यस अगाडी पनि महङ्गोमा बिक्रि भएका पेण्टिङको सुची लामो छ ।

करिब ६० खर्ब रुपैयाँको कलाको व्यापार अहिले निकै फस्टाउँदो छ ।

सोथबे र क्रिस्टिजको व्यापारलाई जोड्ने हो भने यो बर्षको पहिलो ६ महिनामात्रै करिब चार खर्ब रुपैयाँको व्यापार भइसकेको छ । गत बर्षको ५ खर्ब ३० अर्बको व्यापारको रेकर्ड यहिं गतिमा अघि बढे तोडिने सम्भावना बढेको आर्ट मार्केट मोनिटरका प्रकाशक मेरिअन मनेकरको अनुमान छ । तत्कालनै भिञ्चीको पेण्टिङको मूल्य बराबरको रेकर्ड नतोडिनेमा भने उनी ढुक्क छन् ।

प्रत्येक विजेता खरिदकर्ताका करिब आधा दर्जन जति डिलर हुन्छन् जो यसै गरेर अरु पेण्टिङ पनि आफ्नो कब्जामा ल्याउन खोज्छन् ।

बोलकबोल गराउने कम्पनीका लागि कम रकम कबोल गरेर पहिले निराश भएका खरिदकर्ता खास ग्राहक बनिरहेको मनेकरको बुझाइ छ ।

१० अर्ब रुपैयाँभन्दा बढीमा एउटा पेण्टिङ खरिद गर्ने व्यक्तिहरु प्छिल्लो समय १० करोडदेखि ५० करोडसम्मका पेण्टिङमा रुची देखाइरहेका छन् । सोथबे र क्रिस्किज पनि अब छिटै न्युयोर्कमा पनि पेण्टिङको बोलकबोल गराउँदै छन् । तर उनीहरु भिञ्चीको पछिल्लो रेकर्ड तोडेको पेण्टिङ बराबरको मूल्य पाउनेछैनन किनकी बाँकी अरु सबै सङ्ग्राहलयमा रहेका छन् । – सीएनएनबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL