Logo

नयाँ दुई पातलो फोन ल्याउने तयारीमा जियोनी, मार्चमा लञ्च हुँदै

नयाँ दुई पातलो फोन ल्याउने तयारीमा जियोनी, मार्चमा लञ्च हुँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२९ माघ,काठमाडौं । सुविधा तथा विशेषता थपिँदै जाँदा विभिन्न व्राण्डका मोवाइलहरुले विश्व प्रविधि बजारमा आफ्नो पकड जमाएको छ । क्यामरा तथा एफएम रेडियोलाई समेत पछाडी पार्दै आएको यस्ता मोवाइल अहिले कुन क्षेत्रमा प्रतिशपर्धा गर्दै छ त यो सबैको चासोको विषय हो ।

विश्वका दर्जनौ प्रसिद्ध मोवाइल कम्पनीहरुले दिनप्रतिदिन मोवाइलमा नयाँ सुविधा थप्दै प्रतिशपर्धामा उत्रिएका छन् । यसैक्रममा चीनको मोवाइल कम्पनी जियोनीले पनि मोवाइल प्रेमिहरुमा ‘स्लीमेष्ट फोन अफ दी वल्र्ड’ स्लोगनका साथ आफ्नो छुट्टै छाप छोडिसकेको छ ।

नयाँ सुविधा तथा विशेषता थप्ने क्रममा सो कम्पनीले आफ्नै इलाइफ एस ५ दशमलदव १ मोडलको रेकर्ड तोड्न नयाँ सवैभन्दा पातालो फोन सार्वजनिक गर्ने तयारी गरीरहेको छ । जियोनील हालसम्मकै पातलो दुइ स्मार्टफोन ल्याउने तयारी गरेको हो । उक्त फोन आगामी मार्चमा बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

जियोनीको ‘इलाईफ एस ५ दशमलव १’ हालसम्मकै पातलो फोनको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डले इंगित गरेको थियो । जुन ५ दशमलव १५ एमएमको छ । नयाँ सार्वजनिक गर्न लागिएको स्मार्टफोन कति पातलो हुन्छ भन्ने कम्पनीले खुलाएको छैन । तर प्रविधीको दृष्टीकोणले सो फोन निकै राम्रो हुने कम्पनीको दावी छ । साथै डिजाइन र लुक्समा पनि आकर्षक हुने बताइएको छ ।

पातलो फोनले प्रयोगकर्तालाई फाइदा पु¥याउने जियोनीको ग्लोवल मार्केटिङ प्रमुख अलिभर शाले बताए । ‘फोनको पर्फमेनसमा अपग्रेड नगरे पातलो फोनको प्रभाव पर्दैन’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL