Logo

अर्थतन्त्रका २० ‘टर्निङ पोइन्ट’, जो बर्षभर खबर बने :फ्ल्यास ब्याक २०७३

अर्थतन्त्रका २० ‘टर्निङ पोइन्ट’, जो बर्षभर खबर बने :फ्ल्यास ब्याक २०७३


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । २०७३ सालमा देशमा विभिन्न आर्थिक परिवर्तनहरु भए, जुन सञ्चारमाध्यममा चर्चाको विषय बने । यस्ता छन् बर्षभर खवर बनेका २० महत्वपूर्ण विषयहरु :

नेप्से अहिलेसम्मकै सवैभन्दा बढी अंकमा

नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । गत साउनमा नेप्से १८ सय अंकमाथि पुगेको थियो ।

फोहोरबाट विजुली

energy
काठमाडौं महानगरपालिकाले गत भदौ ददेस्रोताबाट फोहोरबाट विजुली उत्पादन शुरु गरेको छ ।

आर्थिक विधेयक

व्यवस्थापिका संसदको असोज २९ गते बसेको बैठकले अर्थतन्त्र सम्बन्धी ३ ओटा विधेयक पारित गरेको छ । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत विधेयक पारित गरेको हो ।

लोडसेडिङ अन्त्यloadshedding

यसबर्षको सवैभन्दा ठूलो परिवर्तन भनेको लोडसेडिङको अन्त्य पनि हो । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङलाई गत कात्तिकमा काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउन निर्देशन दिएका थिए । यससँगै उपत्यका लोडसेडिङ मुक्त बनेको हो ।

फोरजी सेवा

lte4g

यसबर्ष नेपालमै पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन गरेको छ । गत पुस १७ गते देखि नेपालमा फोरजी सेवाको शुरुवात भएको हो ।

भारतीय नोट प्रतिवन्ध
यस बर्ष भारतले ५०० तथा १ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले जाली नोट कारोवारीलाई निरुत्साहित गर्न नोभेम्वर ९ मा त्यस्ता नोट प्रयोगमा प्रतिवन्ध लगाएको हो । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।

पर्यटक बढे

hitt-tourism-training-nepal-2
यस बर्ष नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा बृद्धि भएको छ । २०१६ को डिसेम्वरसम्म ९० हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

५० प्रतिशत अटो लोनvechile

 

नेपाल राष्ट्र बैंकले फागुनको पहिलो हप्ता बैंक तथा वित्तीय संस्थाहरुले गाडीमा ५० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने नियम लगाएको छ । यसअघि ९० प्रतिशतसम्म अटो लोन लिन सक्ने व्यवस्था थियो ।

पूर्वाधार सम्मेलन

दिगो पूर्वाधार समृद्धिको आधार नारासहित गत फागुन ८ गते नेपाल पूर्वाधार सम्मेलन आयोजना भएको थियो ।

३० अर्वको विदेशी लगानी स्वीकृत

nepal fdi

सरकारले विभिन्न परियोजनमा ३० अर्व रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको फागुन १८ गते बसेको २२२ औं बैठकले सो बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

सरकारले सोल्टी होटल,अर्घाखाँची सिमेन्ट, लाङटाङ भोटेकोशी हाइड्रो र सर्वोत्तम सिमेन्टको पुँजी बृद्धि गर्ने योजना स्वीकृत गरेको हो ।

लगानी सम्मेलन

investment

यस बर्ष सरकारले साढे २ दशकपछि फागुन १८ र १९ गते लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा १४ खर्व बराबरको लगानीको प्रतिबद्धता प्राप्त भएको थियो ।

तरलता अभाव

यस बर्ष बजारमा लामोसमयसम्म तरलता अभाव देखिएको थियो । गत माघदेखि तरलता अभाव भएपछि बैैकहरुले रियल स्टेटमा ऋण दिन बन्द गरेका थिए ।

गाउँमा तिव्र गतिको इन्टरनेट

सरकारले ग्रामिण दुरसञ्चार विकास कोषको रकम खर्च गरेर गाउँमा तिव्र गतिको इन्टरनेट सेवा विस्तारको काम अघि बढाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश नम्वर ४ र ५ मा ब्रोडव्याण्ड पुर्याउने जिम्मा यूटिएललाई दिएको छ ।

उद्योग दर्ता अनलाइनबाट

online_registration_system

उद्योग विभागले उद्योग दर्ता अनलाइनबाटै गर्न शुरु गरेको छ । विभागमा माघ १ गतेदेखि स्वदेशी तथा विदेशी लगानीका उद्योगको दर्ता अनलाइनमार्फत शुरु गरिएको हो ।

आस्वा प्रणाली लागु

नेपाल धितोपत्र बोर्डले माघदेखि आस्वा प्रणाली लागु गरेको छ

 

nepse_photoसेयर बजार अनलाइनमा

गत माघ १ गतेदेखि सेयर बजार अनलाइन प्रणालीमा गएको हो ।

खिम्ती– ढल्केवर

khimti
खिम्ती– ढल्केवर २२० केभी प्रसारण लाइन माघ २० गतेदेखि सञ्चालनमा आएको छ । खिम्ती ढल्केवर निर्माणका लागि १ अर्व ९५ करोड खर्च भएको छ ।

निगममा रणनितीक साझेदारको प्रक्रिया शुरु 

nac ma60

पर्यटन मन्त्रालयले नेपाल वायु सेवा निगममा रणनितीक साझेदारीका लागि फागुन २६ गते विभिन्न पाँच मुलुकलाई पत्राचार गरेको छ । मन्त्रालयले अमेरिका, अष्ट्रेलिया, जर्मन, फ्रान्स र बेलायतमा सम्वन्धित देशको राजदुतावासमार्फत प्रस्ताव आवह्वानसहित पत्राचार गरेको हो ।

वाइडवडी खरिद सम्झौता

C8zroe8UQAI8VPT

नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी खरीदका लागि अमेरिकन कम्पनी एएआर कार्पोरेसनसँग सम्झौता गरेको छ । चैत् २५ गते भएको सम्झौता अनुसार एयरबस कम्पनीले ए३३० २२० सिरिजका दुईओटा जहाज दिने छ ।

मूल्यबृद्धि न्यून

यस बर्ष मूल्यबृद्धिदर २ दशमलव ९ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको फागुनमा मूल्यबृद्धिदर ३ अंक तल झरेको हो । गत आवको फागुनमा मूल्यबृद्धिदर १० दशमलव २ प्रतिशत पुगेको थियो ।

एफएनसिसीआईमा पहिलो पटक महिला अध्यक्ष

bhawani_rana

उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष चयन भएको छ । महासंघको ५० बर्षको अवधिमा वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा अध्यक्ष बनेकी हुन् । उनले चैत ३० गते पदबहाली गरेकी हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL