काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । ज्ञवालीलाई बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको हो । उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणका सीईओले काम गर्न नसकेको छर्लङ्ग रहेको बताएका थिए । साथै उनले आजै नयाँ सीईओ नियुक्त हुने जानकारी दिए ।
सिइओ ज्ञवालीले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए । सरकारले अनुदान वितरण सम्बन्धी कार्य्विधी पारित गरेकै दिन आफुलाई स्पष्टीकरण सोध्नु आश्चर्यजन भएको भन्दै १२ पेज लामो स्पष्टीकरण पेश गरेका हुन् ।
पछिल्लो समय सन्तोषजनक रुपमा काम भइरहेको र सोही अनुरुप स्कुल, स्वास्थ्य चौकी तथा निजी निवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइरहेको समेत उनले पेश गरेको स्पष्टीकरणमा उल्लेख छ । साथै हालसम्म भएका कामको समेत स्पष्ट विवरण उल्लेख गरिएको छ ।
सरकारले यही पुस १४ गते ७ दिनको समयसिमा दिँदै सीईओ ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो । केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो