Logo

दशैंको अग्रिम टिकट बुकिङ सोमबारदेखि, तत्काल सडक मर्मत गर्न विभागलाई मन्त्रीको निर्देशन

दशैंको अग्रिम टिकट बुकिङ सोमबारदेखि, तत्काल सडक मर्मत गर्न विभागलाई मन्त्रीको निर्देशन



काठमाडौं । यो बर्षको दशैंका लागि गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो । यसअघि शनिबार अर्थात २० गतेदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने प्रारम्भिक निर्णय भएपनि उक्त निर्णय परिवर्तन हुँदै २२ गते सारिएको हो ।

laxmi

मन्त्रालयमा शुक्रबार यातायात व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका अधिकारीलगायतबीच भएको छलफलले २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले जानकारी दिए ।

यसअघि यातायात व्यवसायीहरुले काठमाडौंबाट छुट्दे लामो दूरीका सार्वजनिक सवारीसाधनका लागि बाटो खराव भएकाले यसलाई मर्मत गर्नुपर्ने अडान राख्दै आएका थिए । यसका लागि मन्त्रालयले सडक बीभागसँग पनि समन्वयको सहकार्य गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक मन्त्री प्रकाश ज्वालाले दशैंलक्षित गरी विग्रेका सडकको मर्मत तत्काल गर्न सडक विभागलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL