Logo

उच्च शिक्षा अध्ययनका लागि विदेशिन्छ वार्षिक ३६ अर्ब रुपैयाँ

उच्च शिक्षा अध्ययनका लागि विदेशिन्छ वार्षिक ३६ अर्ब रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीबाट वार्षिक ३६ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशीने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि ठूलो रकम चाहिने भएकाले सो वापत पैसा विदेशिने गरेको हो । शिक्षा मन्त्रालयका अनुसार नेपाल वार्षिक ३० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् ।

गत आर्थिक वर्षमा नेपालबाट २९ हजार जना विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश गएकोमा चालू आगको चैतसम्ममा २१ हजार जना गइसकेका शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिए ।

नेपालबाट विदेश पढ्न जाने नेपालीको संख्या बढी भएपनि भारत पढ्न जाने विद्यार्थीको हकमा नो अब्जेक्सन लेटर अनिवार्य नभएकाले अझ कम देखिएको लम्सालले जानकारी दिए । हाल अमेरिका तथा यूरोप भन्दा पनि अष्ट्रेलिया तथा जापान पढ्न जाने विद्यार्थीको संख्या बढी रहेको छ ।

नेपालबाट विशेषगरी अष्ट्रेलिया, अमेरिका, यूरोप, जापानलगायतका मुलुकमा नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि जाने गरेका छन् । ती मुलुकको उच्च शिक्षा अध्ययनका लागि लागि न्युनतम १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लाग्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष तथा मेट्स एजुकेशनका प्रवन्ध निर्देशक प्रकाश पाण्डेले जानकारी दिए । यसलाई औसतदर मान्ने हो भने प्रति विद्यार्थी अध्ययन शुल्क बापत मात्रै १२ लाख ५० हजार रुपैयाँ वाहरिने गरेको छ ।

विशेषगरी पढ्न जादा विद्यार्थीहरुले ६ महिनादेखि १ वर्षसम्मको कलेज शुल्क अग्रीम रुपमा तिर्नुपर्ने भएकाले पैसा वाहिरिने गरको स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)का कार्यसमिति सदस्य तथा सेतो एकेडेमीका अध्यक्ष भुपाल तामाङले बताए । तत्कालको लागि पैसा विदेशिएपनि दिर्घकालिन रुपमा भने त्यसले फाइदा पुर्याउने उनको धारणा छ । ‘अहिले जति पनि एनआरएन भएका छन् प्राःय ती सबै विद्यार्थी भिसामा गएका हुन,’ उनले भने, ‘उनीहरुले रेमिट्यान्समार्फत देशमा पैसा पठाइरहेका छन् ।’ नेपाली विद्यार्थी विदेशमा पढेर फर्कदा पूँजीका साथै शीप समेत भित्र्ने उनको दावी छ ।

विकसित मुलुकमा नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने गरेपनि उनीहरुको मुख्य उद्देश्य रोजगारी भएको एक कन्सल्टेन्सी संचालकले  जानकारी दिए । ‘विद्यार्थीहरु कन्सल्टेन्सीमा आउँदा कस्तो शिक्षा पाइन्छ भन्दा पनि मासिक कति कमाउन सकिन्छ भन्ने विषयमा बढी चासो राख्छन्,’ उनले भने, ‘अधिकांश विद्यार्थीको मुल्य लक्ष्य पढाइभन्दा कमाई नै हुन्छ ।’ साथै, कतिपय विद्यार्थीहरु विकशित देशमा पर्मानेन्ट रेसिडेन्ट (पीआर) पाउने आशमा समेत जाने गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL