Logo

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त, अब्बल बैंक बनाउन सफल होलान ?

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त, अब्बल बैंक बनाउन सफल होलान ?



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको शनिवार बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्प्को हो ।

laxmi

सञ्चालक समितिको बैठकलले सीईओमा गुरुङलाई नियुक्त गरेको बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । नवनियुक्त सीईओले सोमबारदेखि सीईओको कार्यभार सम्हाल्ने छन् ।

संचालक सुमन दाहाल नेतृत्वको छनोट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनोट थिए । ती टप फाइभबाट गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेका हुन् । प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र विष्णु देव यादव टप फाइभमा परेका थिए ।

नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको साढे डेढ दशकभन्दा बढीको अनुभव छ । त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।

उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरे र मेगामा साढे २ वर्ष काम गरे ।

त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भएको रुपमा काम गरे । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंक (म्यानमार) को सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरे । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । गुरुङलाई अहिलेको प्रतिस्पर्धामा कृषि विकास बैंकलाई अब्बल बैंकको रुपमा स्थापित गर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
MBL