Logo

महालक्ष्मी लाईफको सीइओमा पुनः भट्टराई नियुक्त, थपियो ४ बर्षे कार्यकाल

महालक्ष्मी लाईफको सीइओमा पुनः भट्टराई नियुक्त, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्राई पुनः नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई पुनः सीइओमा नियुक्त गरेको हो । यसअघि पनि उनी कक्पनीको सीइओ थिए । उनको नयाँ कार्यकाल मंसिर लागू भईसकेको छ ।

उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव लिएका उनीसँग बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL