Logo

सानिमा लाइफ र रिलायन्स लाइफबीच बिहानै मर्जर सम्झौतामा हस्ताक्षर, सेयर कारोबार रोक्काका लागि नेप्सेलाई पत्र

सानिमा लाइफ र रिलायन्स लाइफबीच बिहानै मर्जर सम्झौतामा हस्ताक्षर, सेयर कारोबार रोक्काका लागि नेप्सेलाई पत्र



काठमाडौं । पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । बीमा समितिले पूँजी वेद्धिको निर्णय गरेसँगै इन्स्योरेन्स कम्पनीहरु बाध्यात्मक रुपमै मर्जरको घोषणा गरिरहेका छन् ।

यसैक्रममा बुधबार बिहानै सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच बुधबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले सम्झोता पत्रमा हस्ताक्षर गरेका छन् । दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ ।

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पूँजी चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बुधबार बिहान ८ः.०० बजे बसेको सञ्चालक समितिको १०८ औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सो सम्बन्धमा प्रारम्भिक समझदारी पत्रकोे मस्यौदा स्विकृत गरेको थियो ।

सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बीमा समितिलगायत सम्बन्धित निकायहरुमा आशयपत्र पेश गर्ने निर्णय गरेको थियो ।

उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL