Logo

कोरियन भाषा परीक्षाको मिति सर्यो , परीक्षा असोज २ र ३ गते हुने

कोरियन भाषा परीक्षाको मिति सर्यो , परीक्षा असोज २ र ३ गते हुने


रामराजा श्रेष्ठ
27
Shares

 बिजखबर संबाददाता

५ जेठ,काठमाडौं । जेठ ३० र ३१ गते हुने भनिएको कोरियन भाषा परीक्षाको तालिका परिवर्तन भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले परीक्षाको तालिका सारेको हो । भाषा  परीक्षा असोज २ र ३ गते हुने बताइएको छ ।

विनाशकारी भूकम्प तथा त्यसपछि लगातार आएका परकम्पनका कारण परीक्षा लिन असहज भएकोले समितिले यस्तो निणर्य गरेको हो ।

इपिएस कोरिया शाखाका अनुसार परीक्षा मिति परिवर्तनका कारण परीक्षा सम्बन्धी अन्य कार्यक्रममा समेत परिवर्तन गर्नुपर्ने भएकोले एचआरडी कोरियासँग समन्वय गरी मिति तय गर्न इपीएस कोरिया शाखालाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL