Logo

खुल्यो इपीएस भाषा परीक्षाको आवेदन, घरमै बसीबसी यसरी अनलाईनबाटै तिर्न सकिन्छ आवेदन शुल्क

खुल्यो इपीएस भाषा परीक्षाको आवेदन, घरमै बसीबसी यसरी अनलाईनबाटै तिर्न सकिन्छ आवेदन शुल्क



काठमाडौं । कोरियाली भाषा परीक्षाको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को आजदेखि आवेदन फारम खुलेको छ ।

कोरियाको रोजगारीमा जान चाहने नेपाली युवायुवतीका लागि शुक्रबारदेखि खुलेकोे सो आवेदन १७ गते सम्म भर्न सकिने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जानकारी दिएको छ ।

यस अघि बैंकमा लाईन लागेर भाषा परीक्षाको फारम शुल्क बुझाउने व्यवस्था भएकोमा यसपटकदेखि घरमै बसीबसी अनलाईनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

विशेषगरी अनलाईन पेमेन्ट गेटवे इसेवा, फोन पे, आईएमई पे, ग्लोबल स्मार्टलगायतबाट आवेदकले लाईनमा नबसीकनै परीक्षाको दस्तुर बुझाउन सक्नेछन् ।

आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट भयभचक।भउकलभउब।िनयख।लउ लगइन गरी लिन सकिनेछ ।

उक्त भाषा परीक्षाका लागि परीक्षार्थीले २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्ने महाशाखाले जानकारी दिएको छ ।

परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई पे र ईसेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । आईएमई पे, ईसेवा लगायतका ईकमर्सहरुले उक्त परिक्षाको लागि आवेदन दिन मिल्ने गरी तथा घरैबाट पैसा भुक्तानी गर्ने गरी सेवा दिएका हुन । उक्त कम्पनीहरुमार्फत परिक्षाको फारम भर्दा र पैसा बुझाउँदा लाईन लाग्नुपर्ने बाध्यता हटेको छ ।

आईएमई पेमार्फत उक्त परिक्षाको फारम भर्दा उक्त कम्पनीको वेबसाईट लगइन गरी सेवा प्रयोग गर्न सकिने छ भने ईसेवामार्फत शुल्क बुझाउँदा पनि ईसेवाको पेज लगईन गर्नुपर्नेछ । यस्तै ईसेवाको बैवसाईटमा गई त्यहाँ दिएको सुझाव अनुसार फारम भर्न सकिने छ ।

बैंकमा लाइन बसेका परीक्षार्थीहरुलाई सुविधाका लागि दुई वटा काउन्टरको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आग्रह समेत गरेको छ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

हालसम्म कोरियन भाषा परिक्षाको लागि १० हजार जना बढीले ईसेवामार्फत फारम भरिसकेको ईसेवाका अस्गर अलीले जानकारी दिएका छन । अनलाईन पेमेन्ट गेटवेबाट शुल्क बुझाउन मिल्ने सुविधाबारे जानकारी नहुँदा परीक्षार्थीहरु बैंकमा लाइन बसेर शुल्क बुझाएको शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL