Logo

आइएमईको विश्वकप क्रिकेट फेसबुक प्रतियोगिता, ३२ इञ्चको सामसुङ टिभी पाइने

आइएमईको विश्वकप क्रिकेट फेसबुक प्रतियोगिता, ३२ इञ्चको सामसुङ टिभी पाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ फागुन काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले ‘आईएमई फेन्टासी क्रिकेट वल्र्डकप फेसबुक’ प्रतियोगिता संचालन गर्ने भएको छ । कम्पनीले सामाजिक सञ्जालमा आबद्ध क्रिकेट प्रेमी सेवाग्राहीलाई लक्षित गरी उक्त ४५ दिने प्रतियोगिता संचालनमा ल्याएको हो ।

आजबाट सुरु भएको सो प्रतियोगितामा सबै नेपाली फेसबुक प्रयोगकर्ताहरु सहभागी हुन सक्नेछन् । सहभागिताको लागि कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/imeremit मा लगइन गरि कन्टेस्ट एपमा जानु पर्नेछ । प्रतियोगीले तत्काल १० हजार अंक प्राप्त गर्नेछन् । सहभागीको प्रत्येक वल्र्डकपको नतिजाको आधारमा अंक घटबढ हुनेछ । ४५ दिनको अवधिमा प्रतियोगिता मध्य उच्चतम अंक पुर्वानुमान प्राप्त गर्ने प्रतियोगिलाई बिजयी घोषित गरिनेछ ।

बिजयी प्राप्त गर्ने प्रतियोगिले ३२ इञ्चको सामसुङ एलइडी टेलिभिजन, एक थान डीस होम स्मार्ट बक्स र तीन महिनाको लागि डीस होम रिचार्ज प्राप्त गर्नेछन् । यसका साथै, प्रतियोगिता मध्यबाट ‘लक्की ड्र मार्फत’ फरक फरक विधामा दुई जनालाई डीस होम स्मार्ट बक्सद्वारा पुरस्कृत गरिनेछ ।

कम्पनीको आधिकारिक फेसबुक पेजमा पोष्ट भएका प्रश्नको सहि उत्तर दिने प्रतियोगिलाई साप्ताहिक ‘लक्की ड्र मार्फत’ नेपाल टेलिकम तथा एनसेलको रिचार्ज कार्ड प्रदान गरिनेछ । प्रतियोगी सबैको नतिजा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL