Logo

स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम लागू गर्दै सीआईटी, विद्यार्थीले अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न पाउने

स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम लागू गर्दै सीआईटी, विद्यार्थीले अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न पाउने


रामराजा श्रेष्ठ
0
Shares

bizkhabar_CIT Buildingsबिजखवर संवाददाता

२ मंसिर, काठमाडौं । कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ (सीआईटीई)ले जापानको ओटेमन विश्वविद्यालयसँगको सहकार्यमा ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ लागु गर्ने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले आफ्ना विद्यार्थीलाई अन्तरराष्ट्रिय स्तरको ज्ञान प्रदान गर्नका लागि सो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको सीआईटीका प्रबन्ध निर्देशक सुधीर गुरागाइले बताए । ‘हाल विद्यार्थी एक्सचेन्ज गर्नका लागि ओटेमनसँग सहमति भएको छ,’ उनले भने, ‘उक्त कार्यक्रम कार्यान्यनमा आएपछि सीआईटीई कलेजका विद्यार्थी ६ महिना ओटेमनमा गएर पढ्नेछन् भने ओटेनको विद्यार्थी सीआईटीमा पढ्ने अवसर पाउनेछन् ।’
सन् २००० मा स्थापना भएको नेपालकै पहिलो यस आईटी कलेजले हाल बीसीए, बीआईटी, बीबीए, बीई इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र बीई कम्प्युटरजस्ता विषय अध्यापन गराउँदै आएको छ । हो । उसले पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ । कलेजले यसै शैक्षिकशत्रको लागि पनि प्रवेश परीक्षा लिन लागिरहेको छ । बीसीए, बीआईटी, बीई इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेशनजस्ता विषय पढ्न चाहने विद्यार्थीहरुका लागि यही मंसिर ८ गते प्रवेश परीक्षा लिइने कलेजले जानकारी दिएको छ ।

bizkhabar_ SAM_7245(1)
आईटीका लागि नेपालकै पहिलो यस कलेजलेका उत्पादनहरु विश्वका प्रख्यात कम्पनीहरुमा काम गरिरहेको कम्पनीले बताएको छ । हाल कलेजका उत्पादनहरु अमेरिकाको माइक्रोसफ्ट कम्पनी, निकोनजस्ता कम्पनीमा कार्यरत छन् । हाल माइक्रोसफ्टमा मात्र यस कलेजमा पढेका ६५ जना विद्यार्थीहरु कार्यरत छन् । कोरिया, फ्रान्सलगायतका देशहरुको आइटी कम्पनीहरुमा पनि यस कलेजमा पढेका विद्यार्थीहरुले काम गरिहेका छन् । यसैगरी, पछिल्लो समय चर्चामा आएको ‘क्यास अन एड’को एप्लिकेशन नै सीआईटीमा पढेका विद्यार्थीले बनाएको गुरागाइ बताउँछन् ।  यस्तै, नेपालका आईटी कम्पनीहरु डियर वल्क, जाभरा, एफवान सफ्टजस्ता कम्पनीमा यस कलेजमा पढेका विद्यार्थीहरुले काम गर्दै आएका छन् ।
यसैगरी, यस कलेजमा पढेका विद्यार्थीहरुले नोकिया तथा ब्ल्याकबेरीमा रिसर्च इञ्जिनियरको रुपमा कार्यरत छन् । हालसम्म यस कलेजमा पढेका सम्पूर्ण विद्यार्थीहरु नेपाल लगायत विश्वका चर्चित आईटी कम्पनीमा कार्यरत रहेका गुरागाई बताउँछन् । ‘हामीले विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नुका साथै रोजगारी दिलाउनका लागि ब्रीजको काम समेत गर्दै आएका छौं,’ उनले भने, ‘रोजगारी दिलाउनका लागि कलेजले नै ब्रीजको काम गर्ने भएपछि अध्ययन पश्चात कुनै पनि विद्यार्थी बेरोजगार बस्नुपर्दैन ।’ हाल कलेजले स्नातकोत्तरमा पनि एमबीए, एमआईटी, एमपीएजस्ता विषयमा अध्यापन गराउन लागिरहेको छ ।
रोवटिक्समा उत्कृष्ट
यस कलेजले नेपालमा हरेक वर्ष हुने रोवटिक्स प्रतियोगितामा ‘वेष्ट इञ्जिनियरिङ अवार्ड’ जित्दै आएको छ । सन् २००५ मा भएको उक्त प्रतियोगितामा कलेजले फस्ट रनरअप हाल पार्न सफल भएको थियो भने सन् २०१३ मा भएको प्रतियोगितामा सेकेन्ड रनरअप भएको थियो । कलेजले अन्तरराष्ट्रिय स्तरमा हुने रोवटिक्स प्रतियोतिगाहरुमा पनि उच्च स्थान हात पार्दै आएको प्रबन्ध निर्देशक गुरागाई बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL