Logo

बजेटमार्फत ३० औं हजारलाई छात्रवृत्ति, विदेशमा समेत पढ्ने व्यवस्था मिलाइँदै

बजेटमार्फत ३० औं हजारलाई छात्रवृत्ति, विदेशमा समेत पढ्ने व्यवस्था मिलाइँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ असार, काठमाडौं । यस पटकको बजेटमार्फत ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रबृत्ति दिने तयारी सरकारले गरेको छ । गरिव, जेहेन्दार तथा पिछडिएका वर्गलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति दिने तयारी गरेको हो ।

यस्तै, उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विदेशमा समेत छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाइने तयारी गरेको छ ।

यसैगरी हाल संचालनमा ल्याइएको माध्यामिक स्तरको प्राविधिक शिक्षालाई अझ प्रभावकारी रुपमा अघि बढाइने भएको छ ।

हाल सरकारले भुकम्पबाट प्रभावित जिल्लाबाट एसएलसी उत्र्तिण गरेका विद्यार्थीलाई उच्च माध्यामिक शिक्षा अध्ययनका लागि पनि छात्रवृत्तिको व्यवस्था गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL