Logo

एसईई लक्षित टेलिकमका ३ सुविधा, यसरी हेर्न सकिने छ नतिजा

एसईई लक्षित टेलिकमका ३ सुविधा, यसरी हेर्न सकिने छ नतिजा



काठमाडौं । एसईई परिक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमहरु सुझाएको छ । आज वा भोलीसम्म प्रकाशित हुने एसईई परिक्षाको परिक्षाफल नेपाल टेलिकममा कल गरेर, म्यासेजमार्फत र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको हो ।

laxmi

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।

प्रतिक्रिया दिनुहोस्
MBL