Logo

एसएमईको क्षेत्रिय बैठक शुरु, भारत र वंगलादेशको सहभागिता

एसएमईको क्षेत्रिय बैठक शुरु, भारत र वंगलादेशको सहभागिता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३१ साउन,काठमाडौं । दक्षिण एशियाली मुलुकका साना तथा मझौला उद्यमी(एसएमई) को क्षेत्रिय बैठक काठमाडौंमा शुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघसँगको सहकार्यमा सम्मेलन शुरु भएको हो । तीन दिने सम्मेलनले सार्क क्षेत्रमा साना तथा मझौला उद्योगको विकासमा जोड दिने बताईएको छ ।
शनिबारदेखि शुरु भएको बैठकमा बंगलादेश र भारतबाट १४ सदस्यीय प्रतिनिधहरु सहभागी छन् ।

उद्घाटन अवसरमा महासंघका अध्यक्ष सुरेश प्रधानले सार्क क्षेत्रको विकासका लागि निर्वाद रुपमा वस्तु तथा मान्छे जान सक्ने व्यवस्था आवश्यक रहेको बताए  । “यस क्षेत्रमा वस्तुहरुको निर्वाद व्यापार गर्न सकियोस् भन्ने उद्देश्यका साथ क्षेत्रिय फोरमको स्थापना भएको हो” प्रधानले भने “बैठकले क्षेत्रिय ब्यापार सहजीकरण गर्ने र क्षेत्रीय मुलुकको सम्बन्ध बिस्तारमा जोड दिने छ ।”

फोरमले व्यापार सहजिकर काम गर्दै आएको र आउने दिनमा यस क्षेत्रका उद्यमीहरुको बिकास बिस्तार गर्ने जानकारी पनि दिए ।

फोरमका अध्यक्ष मिर्जा नुरुल घानी शोभनले साना तथा मझौला उद्योग आर्थिक विकासको लागि मात्रै नभई यस क्षेत्रको सम्बन्ध सुमधुर बनाउनको लागि पनि महत्वपूर्ण रहेको बताए । फोरमको सदस्य राष्ट्रहरुले साना तथा मझौला उद्योगमा राम्रो काम गर्दै आएको भन्दै उनले यस क्षेत्रमा व्यापार सहजिकरणमा पनि सहयोग पु¥याउँदै आएको बताए । बैठकमा नेपाल सहित भारत र वंगलादेशका साना तथा मझौला उद्यमीहरुको सहभागिता रहेको छ ।

बैठकले आगामी सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने क्षेत्रिय सम्मेलनको एजेण्डा र मिति तय गर्ने छ । तीन दिनभर सार्क मुलुकका एसएमईहरुको दिगो बिकास गर्ने रणनीति तय गर्ने, प्राबिधिक समस्याको पहिचान गरी समाधानकोलागि उचित पहल गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL