Logo

बिस्कुट आयातमा भन्सार र अन्तशुल्क बढने भएपछि नेपाल बिस्कुट उत्पादक संघद्धारा बजेटको स्वागत

बिस्कुट आयातमा भन्सार र अन्तशुल्क बढने भएपछि नेपाल बिस्कुट उत्पादक संघद्धारा बजेटको स्वागत



काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेट सकारात्मक रहेको जनाएकोे छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको सङ्घले जनाएको हो ।

संघका महासचिव विक्रम कर्माचार्यले बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल र पामोलिनलगायतका कच्चा पदार्थको उत्पादन नेपालमा नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

बजेटमा बिस्कुट उद्योगले आयात गर्दै आएको कच्चा पदार्थ आयातमा पाँच प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयात गर्दा अन्तशुल्क १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ, “यो व्यवस्थाले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्नुपर्छ भनी सकारात्मक सन्देश पाएका छौँ”, उनले भने ।

उहाँले सरकारको उक्त निर्णयले स्वदेशी उद्योगले आफ्नो उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न सक्ने वातावरण बन्न सक्ने आशा व्यक्त गरे । संघले करिब आठ वर्ष अगाडि नेपालमा सञ्चालित अवस्थामा रहेका ३५ बिस्कुट उद्योगमध्ये हाल १८ मात्र सञ्चालित अवस्थामा रहेको जनाएको छ ।

आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसक्दा बिस्कुट उद्योग बन्द भएको जनाइएको छ ।सङ्घका अनुसार बिस्कुट उद्योगमा मात्रै रु १० अर्बभन्दा बढीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL