Logo

विद्युत चुहावट नियन्त्रण गर्न उर्जा मन्त्रिको निर्देशन, ट्रान्सफरमर र मिटरबक्स ल्याइदै

विद्युत चुहावट नियन्त्रण गर्न उर्जा मन्त्रिको निर्देशन, ट्रान्सफरमर र मिटरबक्स ल्याइदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१ भदौ,काठमाडौं । उर्जा मन्त्री राधा ज्ञवालीले विद्युत चुहावट नियन्त्रण नभएको भन्दै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेकी छिन् । नेपाल विद्युत प्राधिकरणको को ३० औं बार्षिकोत्सवका क्रममा उनले यस्तो बताएकी हुन् ।

विद्युत चुहावटलाई उल्लेख्य रुपमा घटेमा लोडसेडिङ पनि कम हुने भन्दै जतिसक्दो चाँडो त्यसतर्फ ध्यान दिन व्यवस्थापनलाई निर्देशन दिएकी हुन् ।

उनले व्यवस्थिका संसदको समितिमा आवश्यक भन्दा बढी हस्तक्षेप हुने गरेको बताइन् । साथै संसदमा हुने त्यस्ता हस्तक्षेपबाट कार्यकारी पदमा रहेका संस्थाले काम गर्न नसक्ने भन्दै रोक्न आग्रह गरिन् । ‘यसमा मैले सभामुखको पनि ध्यानाकर्षण गराइसकेको छु’ उनले भनिन् ।

कार्यक्रममा मन्त्री ज्ञवाली गर्भमेन्ट टु गर्भमेन्ट (जीटुजी) बाट ट्रान्सफरमर तथा मिटरबक्स ल्याउन आदेश दिएपनि हालसम्म कार्यन्वयनमा नआएको बताइन् । ‘मैले २० हजार भन्दा बढी ट्रान्सफरमर र मिटरबक्स ल्याउन निर्दिष्ट गरेको थिए’ उनले भनिन् । ज्ञवालीले भारत र चीनबाट जीटुटी मार्फत ट्रान्सफर्मर ल्याउन सकिने जानकारी दिइन् । सरकारी तहमा छलफल गरेर आवश्यक ट्रान्सफरमर र मिटरबक्स चाँडैनै ल्याइने उनले जानकारी दिइन् ।

साथै विद्युत प्राधिरणलाई विद्युत चोरीमा ध्यान नपुगेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरिन । साथै कर्मचारी सुरक्षामा पनि समस्या देखिएको जानकारी दिइन् । पदोन्नती, म्यादी तथा वृत्ति विकासजस्ता मागहरु सम्बोधन भइसकेको जानकारी दिइन् ।

सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आर्थिक बर्ष २०७१\०७२मा राष्ट्रिय मा राष्ट्रिय प्रणालीमा विद्युतको माग ७ दशमलव ५६ प्रतिशतले बृद्धि भएको बताए । उनले सो अवधिमा विद्युतको चुहावट भनेर अघिल्लो आवको तुलनामा ० दशमलव २० प्रतिशतले घटेको जानकारी दिए । ‘अघिल्लो बर्षमा २४ दशमलव ६४ प्रतिशत चुहावट रहेकोमा घटेर २४ दशमलव ४४ प्रतिशतमा झरेको छ । साथै विद्युत चुहावट नियन्त्रण गर्न विशेष अभियान चलाइने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी संघका अध्यक्ष सिताराम थापाले डलरमा पीपीए नगर्न चेतावनी दिएका छन् ।‘डलरमा पीपीए गरेमा हामी कालोमुसो दल्न बाध्य हुन्छौं’ उनले भने ।

सकारले डलरमा पीपीए गरेर सस्तोमा विजुली निर्यात गरेर नेपालीले महंगोमा प्रयोग गर्न परेको उनले बताए । कर्मचारीहरु सक्षम भएकोले विश्वास गरेर काम गर्न दिन आग्रह गरे ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL