Logo

अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने, एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी

अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने, एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी




काठमाडौं । राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु. ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

laxmi

पठाओ नेपालका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राइडर÷चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राइडर-चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राइडर/चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिङ दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।’

पठाओ नेपालका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राइडर÷चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राइडर÷चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राइडर/चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिङ दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL