Logo

सिद्धार्थ सिमेन्टद्वारा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम, गुणस्तरिय सामग्री प्रयोगमा जोड

सिद्धार्थ सिमेन्टद्वारा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम, गुणस्तरिय सामग्री प्रयोगमा जोड



काठमाडौं । सिद्धार्थ सिमेन्ट उधोगले निर्माणकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपूरमा गरिएको भेटघाट तथा अन्तरक्रियामा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा जानकारी गराएको थियो ।

laxmi

काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमूख भवानी डोटेल तथा वडा सदस्यको सहभागिता रहेको थियो । सोही कार्यक्रममा सिद्धार्थ सिमेन्ट उधोगका निर्देशक राहुल अग्रवालले सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यान दिनु पर्ने बताउँदै सिमेन्टलगायत आवश्यक कच्चा पदार्थ जस्तै रोडा, बालुवा तथा ढुंगामा गुणस्तरिय हुनु पर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL