Logo

कतार एयरवेज र अखिल नेपाल फुटबल संघबीचको साझेदारीमा शहीद स्मारक लिगको सफल समापन

कतार एयरवेज र अखिल नेपाल फुटबल संघबीचको साझेदारीमा शहीद स्मारक लिगको सफल समापन



कतार । कतार एयरवेजको प्रायोजनसहित ए डिभिजन शहीद स्मारक लिग २०१९–२०२० को समापन भएको छ ।

हजारौँ दर्शकको उपस्थिति रहेको अन्तिम खेलमा सानमिगेल मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।

नेपालको सबैभन्दा ठूलो फुटबल लिग ‘कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग’ १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म आयोजना भएको थियो ।

साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा राखिएको थियो । अन्तिम खेल अगाडि कतार एयरवेजले एक सातासम्मको लागि शेर्पा मलमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु सहित फ्यान जोनको पनि आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL