Logo

घाटामा गएका सरकारी संस्थान निजी क्षेत्रलाई दिने उद्योग राज्य मन्त्री दुगडको घोषणा

घाटामा गएका सरकारी संस्थान निजी क्षेत्रलाई दिने उद्योग राज्य मन्त्री दुगडको घोषणा



काठमाडौं । उद्योग राज्य मन्त्री मोतीलाल दुगडले आगामी दिनमा सरकारी संस्थानलाई घाटामा नचलाउने बताएका छन् । ‘सरकारले अब घाटामा गएका संस्थानहरुलाई पनि नाफामा लैजान नयाँ कार्ययोजना बनाउने छ,’ उद्योग दिवशमा आयोजित कार्यक्रममा उनले भने, ‘यदि सरकारले नाफामा संचालन गर्न सकेन भने निजी क्षेत्रलाई भाडामा संचालन गर्न दिईनेछ ।’

साथै निजी क्षेत्रलाई अघि बढाउन सरकारले आफुलाई उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा नियुक्त गरेको जानकारी दिँदै आगामी दिनमा सोही अनुरुप अघि बढ्ने उनको भनाई थियो ।

सोमबार उद्योग दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफु राज्य मन्त्री भएर आएसँगै अबका दिनमा उद्योगी व्यवसायीमा समस्या समाधान हुने बताएका हुन् । ‘अबका दिनमा म असफल हुनु भनेको निजी क्षेत्र असफल हुनु हो,’ उनले भने, ‘त्यसकारण म मन्त्री भएर आएसँगै निजी क्षेत्रका समस्या समाधान गर्न लाग्नेछु ।’

हाज निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्न सरकारले लाईसेन्स दिएको भन्दै सोको संरक्षण गर्ने जिम्मेवारी पनि सरकारकै रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL