Logo

वेस्टर्न युनियन मनी ट्रान्सफरको नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक, वैशाख १८ गतेसम्म लागू हुने

वेस्टर्न युनियन मनी ट्रान्सफरको नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक, वैशाख १८ गतेसम्म लागू हुने



काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूको नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अफर जारी गरेको हो ।

laxmi

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको उत्सवमा ग्राहकहरूको खुसी बढाउने लक्ष्य सहित यस योजना ल्याएको हो । यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले नेपालका सबै ७७ जिल्लाहरूमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरू मध्ये जुनसुकैबाट पनि आफ्नो रेमिट्यान्स प्राप्त गर्नु पर्ने हुन्छ ।

प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर वैशाख १८ गतेसम्म लागू हुनेछ । यस योजना अन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक लक्की ड्र मार्फत १५ हजार रुपैयाँ जित्न सक्नेछन् । अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत एक लाख रुपैयाँ जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL