Logo

नेपाल पेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका, चैत १७ सम्मका लागि अफर उपलब्ध

नेपाल पेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका, चैत १७ सम्मका लागि अफर उपलब्ध



काठमाडौँ । नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार सेवाग्राहीले वस्तुको खरिदपछि नेपालपे बाट पोखरमा खुलेको बिगमार्टका नयाँ स्टोरमा रकम भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको हो ।

laxmi

यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरुमा फाल्गुन १९ देखि चैत १७ सम्मका लागि उपलब्ध रहेको बताइएको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७५० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको क्यूआरमार्फत भुक्तानी गर्दा यो अवसर पाउने बताइएको छ ।

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पेबाट क्यूआर गर्न सक्नेछन् । नेपाल पे नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

प्रतिक्रिया दिनुहोस्
MBL