Logo

शौर्य सिमेन्ट उद्योगले गर्यो भारतमा क्लिङ्कर निर्यात

शौर्य सिमेन्ट उद्योगले गर्यो भारतमा क्लिङ्कर निर्यात



काठमाडौं । शौर्य सिमेन्ट उधोगले भारतमा क्लिङ्कर निर्यातको शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरेको हो ।

laxmi

शौर्य सिमेन्ट उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको हो । यस क्लिङ्कर तथा सिमेन्टमा न्यून म्याग्नेसियम अक्साइड वा म्याग्नेशिया (एमजिओ) तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले २०७८ माघबाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मेट्रिक टन क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसि (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL