Logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न, २०० भन्दा बढी सहभागी

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न, २०० भन्दा बढी सहभागी



चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रोसेल्स कन्भेन्सन सम्पन्न गरेको छ ।

laxmi

कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई, सदस्यहरु नन्द किशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमा लेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

उक्त आयोजित दोस्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरू थप उत्साहित रहेको कुरा सहभागीहरूले जानकारी गराए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात् कम्पनीले हरेक सूचकहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको बताए ।

सञ्चालक विवेक झाले कम्पनीसँग वेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरूमा सूर्यज्योतिनै अब्बल हुने कुरामा आफूले दृढ विश्वास लिएको जानकारी गराए ।

साथै सञ्चालक नन्द किशोर शर्माले कम्पनीको वृहत्तर हित र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको कुरा जानकारी दिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिनुका साथै व्यापार बिस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरूको सूक्ष्म पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र बीमा प्राधिकरण बाट जारी भएका सम्पूर्ण नीति नियमहरू अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL