Logo

गभर्नरसमक्ष निजी क्षेत्रको गल्ती स्वीकार, हामीले बढी कर्जा लिएर सेयर, रियलस्टेट र महंगा गाडी किनेकै हौं

गभर्नरसमक्ष निजी क्षेत्रको गल्ती स्वीकार, हामीले बढी कर्जा लिएर सेयर, रियलस्टेट र महंगा गाडी किनेकै हौं



काठमाडौं। उद्योगी व्यवसायीहरूले बढी तरलता भएकाे अवस्थामा आफुहरूले आवश्यकता भन्दा बढी कर्जा लिएर गल्ती गरेकाे स्वीकार गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गभर्नरसमक्ष निजी क्षेत्रको गल्ती स्वीकार गरेका हुन । उनले अहिलेको आर्थिक समस्या आउनुमा निजी क्षेत्र र बैंक दुबै उत्तिकै जिम्मेवार रहेको समेत बताएका छन ।

laxmi

बिहीबार काठमाडौंमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा आगामी आर्थिक वर्षको मौद्रक नीतिमा तीनै संगठनको संयुक्त सुझाव गर्भनर सामु पेश गर्दै उनले तत्कालीन समयमा बढी कर्जा लिएर सेयर, रियलस्टेट र महंगा गाडी खरिद गर्दा अहिले समस्या उत्पन्न भएकाे बताए ।

‘कोभिड १९ पछि बैंकहरुले तरलता धेरै भएका कारण जथाभावी कर्जा लगानी गरेका हुन,’ उनले भने, ‘हामीले पनि त्यसको प्रयोग सहिसँग गर्न नसकेका हौ अब हामी पनि सुर्धिन्छौं ।’ उनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले पनि बैंकले कर्जा दिएबमोजिम अनुत्पादक क्षेत्रमा लगानी गरेको बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाले भटाभट कर्जा बाँडे, हामीले त्यसको फाईदा उठायौं,’ उनले भने, ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा र निजी क्षेत्रमा समस्या देखिनुमा त्यसको पनि केहि हिस्सा छ ।
उनले राष्ट्र बैंकले पनि अहिलेको समस्यालाई समाधान गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL