Logo

६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई दिने सहमति, अन्तिम मस्यौदा स्वीकृत

६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई दिने सहमति, अन्तिम मस्यौदा स्वीकृत



काठमाडौं । सरकारले ६ सय १९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने सहमति जुटाएको छ । आईतबार बसेको लगानी बोर्डको ५४ औँ बैठकले उक्त आयोजनाको विकासको लागि भारतीय कम्पनी एसजेभीएनसँग परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदाकाे दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

laxmi

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकले उक्त आयोजनाको पीडीए सम्झौता गरेको हो । यसअघि बोर्डको ५३ औं बैठकले गठन गरेको वार्ता समितिले उक्त कम्पनीसँग चरणवद्ध रुपमा वार्ता गरी पीडीएको अन्तिम मस्यौदा तयार पारेको थियो ।

अघिल्लो बैठकले उक्त परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ । भारतीय कम्पनीले आफ्नो उत्पादनको उर्जा निर्यात गर्ने र परियोजना निर्धारित समयमै सम्पन्न गर्ने बताएको छ ।

यस्तै बोर्डको बैठकले ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्वन्धमा प्रस्तावकसँग यसअघि भएको समझदार पत्रको पालना भएनभएको बारे पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL