Logo

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न, १५० भन्दा बढीलाई पुरस्कार प्रदान

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न, १५० भन्दा बढीलाई पुरस्कार प्रदान



काठमाडौं । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेब्रेट गर्दै कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक-मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका-कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ ।

laxmi

यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो । भक्तपुरमा ‘भक्तपुर कुकिंग’ कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा थियो, जहाँ ४४००+ भन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट मोमोका स्वादहरु लिने अवसर पाएका थिए । यससँगै कोक मोमोरी फेस्ट अब १८,५००+ भन्दा बढी उपभोक्ताहरूलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ ।

कोका-कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका-कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।

क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोला मम उत्सव एउटा वर्षेनी आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका-कोला मम उत्सव हो । र हामीलाई खुशी लागेको छ, यसपाली कोका-कोला मम उत्सव काठमाडौँमा मात्र सिमित नभएर अन्य मुख्य शहरहरु सम्म पनि पुग्यो । नेपाली उपभोक्ताहरुले हामीलाई जुन निरन्तर रुपमा दिनुभएको मायाले गर्दा नै यो सबै सम्भव भएको हो ।’

त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले भने, ‘कोका-कोला मःम उत्सवको आठौं संस्करण संगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरीहरु सेलेब्रेट गरेका छौं जुन हरेक नेपालीहरुको मनमा छ । र त्यो मेमोरीलाई अझ ताजा बनाएको छ चिसो कोकले । मोमो प्लस कोकको स्टोरिज, म्याजिकल मोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरूले देशका विभिन्न भागहरूमा भएको कार्यक्रमहरूमा हाम्रा नेपाली उपभोक्ताहरुले यस कोका–कोला मम उत्सवमा अझै नयाँँ–नयाँँ म्याजिकल मोमोरिजहरु बनाउनु साथ साथै रोमाञ्चक संगीतमा रमाउनु भएको छ ।’

देशका मुख्य शहरहरुमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै शहरहरुमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो । युवा युवती देखि लिएर हरेक पृष्ठभुिमका मानिसहरु विभिन्न खेलहरु खेल्दै कोक र ममको स्वादमा रमाइरहेका देखिन्थे । समग्रमा भन्नुपर्दा कोक र ममको स्वादको मोहले समुदायका हरेक तहका मानिसहरुलाई एक–अर्कासँग रमाइलो समय बिताउने एक अनुपम अनुभव प्रदान गर्न सफल भएको थियो ।

नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा नै मोमो हो । अझ तातो मोमो र चिसो कोकको कम्बो त झन एकदमै रुचाइन्छ । मोमोसँग कोक नखाने शायदै कमै नेपाली होलान् र ती हरेक नेपालीसँग कोक र ममको याद्गार पलहरु पक्कै पनि छ । कोकले आफ्ना उपभोक्ताहरुलाई त्यस्ता मोमोरिजहरु शेयर गर्न आव्हान गरेको थियो । र ती मध्य रमाइला मोमोरि शेयर गर्नुहुने उपभोक्तालाई दैनिक दराज भाउचरहरू, साप्ताहिक पुरस्कारहरु Samsung Galaxy A04e र बम्पर पुरस्कारमा Samsung Galaxy A04e र स्वस्तिमा खड्कासंग डिनर प्रदान गरिएको छ । साथै त्यस्ता मोमोरिजहरु शेयर गर्ने १००० बढी ऊपभोक्ता मध्यबाट १५० भन्दा बढीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL