Logo

सार्वजनिक संस्थान : २२ संस्थानले नाफा कमाउँदा १९ संस्थान घाटामा, कुनको अवस्था कस्तो ?

सार्वजनिक संस्थान : २२ संस्थानले नाफा कमाउँदा १९ संस्थान घाटामा, कुनको अवस्था कस्तो ?



काठमाडौं । सरकारको स्वामित्वमा रहेका सबै सार्वजनिक संस्थानहरुमध्ये २२ संस्थानले हालसम्म नाफा आर्जन गर्न सफल भएका छन् । अर्थमन्त्रालयले शनिबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै २२ सार्वजनिक संस्थानहरुले नाफाको व्यापार व्यवसाय गरिरहेको जानकारी दिएको हो । यस्तै अन्य १९ सार्वजनिक संस्थानहरु भने अझै घाटाको व्यापार गरिरेहका छन् ।

laxmi

यता नेपाल ओरियन्ड म्याग्नेसाईट प्रालि, बुटवल धागो कारखाना लि. र नेपाल रेल्वे कमपनीको व्यवसायिका कारोबार नभएपनि व्यवसाय संचालनको प्रक्रियामा रहेकाले प्रशासनिक खर्च भईराख्नाले यी कम्पनी घाटामा गएकोजस्तो देखिएको हो । आर्थि बर्ष २०७७ ७८ मा नाफामा संचालित २२ संस्थानको खुद नाफा ४० दशमलव ३० प्रतिशतले घटेको छ ।

यस्तै नोक्सानीमा संचालित १९ संस्थानको खुद नोक्सानी ३ दशमलव ६१ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तर, सार्वजनिक संस्थानहरुको प्रशासनिक खर्च २ दशमलव ३८ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

सार्वजनिक संस्थानहरूमा उद्योगतर्फ सञ्चालित १० मध्ये आठवटा घाटामा छन् । एउटा मात्रै नाफामा छ । सरकारी लगानीको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी मात्रै एक करोड ९१ लाख रुपैयाँले नाफामा छ ।

यस्तै, व्यापारिक क्षेत्रका चारमध्ये तीन संस्थान घाटामा छन् । कृषि सामग्री कम्पनी मात्रै १२ करोड २४ रुपैयाँ नाफामा छ । सेवातर्फका नौमध्ये गत आवमा चार संस्थान घाटामा छन् । पाँचवटा नाफामा छन् । सामाजिक क्षेत्रतर्फ पाँच संस्थानमा लगानी रहेकामा दुईवटा मात्रै नाफामा छन् ।

जनउपयोगीतर्फ लगानीमा रहेका पाँचमध्ये नेपाल खानेपानी संस्थान मात्रै घाटामा छ । वित्तीय क्षेत्रतर्फ सरकारको लगानी रहेका नौ संस्थान नै नाफामा छन् ।

नेपाल मेटल कम्पनीको अझै कारोबार सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL