Logo

टाटाको दसैँ लक्षित सर्भिस क्याम्प, छुटका साथमा उपहार पनि

टाटाको दसैँ लक्षित सर्भिस क्याम्प, छुटका साथमा उपहार पनि



काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले दसैँको शुभकामनाको साथमा ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’ संचालन गरेको छ । असोज ४ देखी असोज २० गतेसम्म सिप्रदीको ५२ वटा सर्भिस सेन्टरहरूमा एकैसाथ आयोजना भइरहेको यो क्याम्प सम्पूर्ण टाटा कमर्सियल गाडीहरु लक्षित गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवधिभर टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टस्मा १०% छुट, ब्रेक आइटममा १५% छुट, लुब्रिकेन्टस्मा १५% छुट तथा अन्य लुब्रिकेन्टस्हरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, क्लचआयल,, कुलेन्ट तथा डीईएफमा २०% छुट, एक्साइड ब्याट्रीमा २०% छुटको साथमा एक्सचेन्ज सुविधा शुभकामना सर्भिस क्याम्पको आकर्षण रहेको छ ।

यसको साथै यो क्याम्पमा टाटा गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टीभी, फ्रीज, वासिङ्ग मेशिन आदि जित्ने सुर्वण अवसर रहेको कम्पनीले जनाएको छ ।

साथै यस क्याम्पमा लामो समयदेखि चल्न नपाएका लामो दुरीका बस तथा स्कुल बसहरूको विशेष चेक जाँच गरी दिने व्यवस्था पनि रहेको सिप्रदीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This