काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाट धरहराको समयावधि बढाउने निर्णय भएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । उनका अनुसार अब सार्वजनिक बिदाको दिन पनि धरहरा खुला रहनेछ । हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला रहँदै…