काठमाडौं । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय होटलको नेतृत्ववर्ग, सेवा प्रदायकलगायत यस क्षेत्रसँग…