काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरु दूरसंचार ऐनविरुद्ध मनोमानी ढंगले चलिरहेको पाइएको छ । दूरसंचार ऐनको दफा ४२ मा दूरसंचार सेवाप्रदायकले नयाँ सेवा र मूल्य सार्वजनिक हुनुपूर्व नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर, इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले भने प्राधिकरणको स्वीकृतिविनै पछिल्लो समय भटाभट नयाँ मूल्य र प्याकेजहरु सार्वजनिक गरिरहेको पाइएको छ…