नेपाल टेलिकमले उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । बुधबार नेपाल टेलिकम र सर्वोच्च अदालतबीच विभिन्न सेवा संचालन गर्नेसम्बन्धी सम्झौता भएको हो । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह(रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकमले…