काठमाडौं । उद्योग विभागले सिंगापुरको साउथ इष्ट एसिया टेलिकम ग्रुप लिमिटेडलाई दर्ताको स्वीकृति दिएको छ । बुधवार उद्योग विभागको वैदेशिक लगानी शाखाका निर्देशक विपिन राजभण्डारीको संयोजकत्वमा बसेको वैठकले दर्ता स्वीकृति दिने निर्णय गरेको हो । सो कम्पनीले करीव ३ महिना अघि नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ उद्योग विभागमा दर्ताको प्रस्ताव पेस गरेको थियो…