काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुम्ला जाँदैछन्। कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् । बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ। यो…