काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लुम्बिनी भने लगातार चौंथो पटक पराजित भएको छ । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट…