काठमाडौं । तराइमा भइरहेको बन्द हड्तालले देशमा कालोबजारी मौलाएको सरोकारलावाहरुले बताएका छन् । पछिल्लो समय औपचारिकरुपमा भन्दा पनि अनौपचारिकरुपमा बढी कारोवार भइरहेको पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । ‘नेपालमा कालोबजारीको आकार दैनिक १ अर्ब रुपैयाँ बराबर पुगेको छ, आमजनतालाई आश्वस्त पार्नका लागि सरकारले तत्काल कालोबजारी नियन्त्रण गर्नुपर्छ्,’ नेपाल आर्थिक पत्रकार समाज र नेपाल उद्योग वाणिज्य…