काठमाडौं । अव बैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने जोकोहीले सम्वन्धित देशको सिमकार्ड निःशुल्क पाउने भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)ले विदेशमा रोजगारीका लागि जाने कामदारहरुलाई सम्बन्धित देशको सिमकार्ड दिने व्यवस्था गर्न लागेको हो । सिमकार्ड उपलब्ध गराउन विभिन्न देशका टेलिकम्युनिकेशन कम्पनीहरुसँग टेन्डर प्रक्रिया, सूचनालगायत काम सकिएको टिआइएका महाप्रवन्धक देवानन्द उपाध्याले जानकारी दिए ।…