काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २ हजार ६ सय भन्दा बढी जनशक्ति आवश्यक परेको जनाएको हो। सूचना अनुसार, स्वीकृत दरबन्दीभित्रका सैन्य पदहरू खुला तथा समावेशी प्रतिस्पर्धात्मक प्रक्रियाबाट भर्ने तयारी गरिएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको भर्ना केन्द्रमा आवेदन फारम बुझाउन सक्नेछन्।…