Logo

राष्ट्र बैंकले ग¥यो डिम्याट सेयरबाट कर्जा पाइने व्यवस्था

राष्ट्र बैंकले ग¥यो डिम्याट सेयरबाट कर्जा पाइने व्यवस्था


रामराजा श्रेष्ठ
0
Shares

bizkhabar_nrbबिजखबर संवाददाता

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (विद्युतीय अभिलेख र अभौतिक) भएका सेयरको धितोमा कर्जा लिन पाउँने व्यवस्था गरेको छ । आइतबार परिपत्र जारी गरि यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले बताए । ‘यस अघि सक्कल प्रमाणपत्र धितो राखेर मात्र कर्जा लिन पाउथे,’ उनले भने, ‘राष्ट्र बैंकको यो परिपत्रसँगै डिम्याट गरिएको सेयरबाट पनि कर्जा लिन पाइने छ ।’
लगातार सेयर बजार ओरालो लाग्दै गएपछि गत हप्ता अर्थमन्त्री डा. रामशरण महतले डिम्याटको सेयरमा पनि कर्जा उपलब्ध गराउँछ राष्ट्र बैंकलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनसँगै बजारमा नेप्से परिसुचक उकालो लागेको छ ।
राष्ट्र बैंकले डिम्याटको सेयरमा कर्जा लिन पाउने व्यवस्था गरेपनि नेप्से परिसुचक बढ्छ वा बढ्दैन भन्न नसकिने प्रवक्ता श्रेष्ठ बताउँछन् । ‘आगामी दिनमा डिम्याटका सेयरबबाट लगानीकर्ताले कर्जा लिन पाउँछन्,’ उनले भने, ‘बजारमा त्यसको प्रभाव कस्तो पर्छ हामीलाई थाहा हुँदैन ।’ यसअघि राष्ट्र बैंकले एकिकृत निर्देशन २०७१ जारी गरी भौतिक सेयरको सक्कल प्रमाण पत्रको धितो राखेर र बीटी (ब्यांक ट्रान्सफर) रसिदको आधारमा मात्र कर्जा लिन पाउँने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकको निर्णसँगै सेयर बजार उकालो लाग्ने एक ब्रोकरले बताए । हाल धेरैले सेयर धितो राखेर बजारमा लगानी गर्दै आएकाले आगामी दिनमा बजारमा लगानीकर्ता थपिने उक्त ब्रोकरको भनाइ छ । यस अघि डिम्याटको सेयरमा कर्जा लिन नपाएकै कारण केही समय बजार लगातार ओरालो लागेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL